Logo

सोमबार र बुधबार यी ठाउँमा दिनभर बत्ती जाने



ललितपुर, ४ फागुन । ५ गते सोमबार र ७ बजे बुधबार ललितपुरका केही स्थानहरुमा बत्ती जाने भएको छ । पुल्चोक वितरण केन्द्रको पाटन फर्पि‍ङ फिडरबाट वितरित ११ के भी लाइन अपग्रेडिङ गर्नुपर्ने भएकाले बत्ती नआउने भएको हो ।

फर्पि‍ङ फिडरको लाइनमा पर्ने ललितपुरका फर्सीडोल ,डकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेतलगायत यस फिडरबाट सप्लाइ लिएका सबै क्षेत्रमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिजुली काटिने नेपाल विद्युत प्राधिकरण ललितपुरले जानकारी दिएको छ ।

ती दिनका लागि तोकिएका काम निर्धारित समय अगावै सम्पन्न भएमा माथि तोकिएको समयभन्दा अगावै बत्ती आउन सक्ने समेत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्