नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृतको नक्कली प्रमाणपत्र
काठमाडौं, ४ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको छ ।
उनले बिहार संस्कृत शिक्षा बोर्ड पटना भारतबाट पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी २०५३ सालदेखि तत्कालीन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा रा.प.अन. तृतीय श्रेणीको जागिर खाँदै आएका थिए ।
उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
