Logo

गोकुल बाँस्कोटालाई बर्खास्त गर : कांग्रेस



काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ।

सेक्युरिटी प्रेस कमिसन प्रकरणमा अडिओ टेप सार्वजनिक भएको भन्दै मन्त्री बाँस्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसले मागेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति निकालेर मन्त्री बाँस्कोटालाई बर्खास्त गरी निष्पक्ष अनुसन्धान गर्न सघाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

‘७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा‘ मार्फत् सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यस अघि नै सार्वजनिक भए पनि स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको पनि कांग्रेसले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्