Logo

सञ्‍चारमन्त्रीको राजीनामा माग्दै राष्ट्रियसभा अवरुद्ध



काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसन प्रकरणमा मुछिएका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

राष्ट्रियसभा बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरेका छन् । यो विषयको टुंगो नलागेसम्म राष्ट्रियसभा बैठक चल्न नदिने उनले चेतावनी दिएका छन् । लगतै कांग्रेस सांसद आ-आफ्नो स्थानमा उभिएर बैठक अवरुद्ध गरेका छन् ।

अब अर्को बैठक फागुन १५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे गरेको विवादास्पद अडियो सार्वजनिक भएको छ । उक्त अडियोमा स्वीस कम्पनीका विजय प्रकाश मिश्रसँग बाँस्कोटाले सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो भनेर कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्