Logo

बाँस्कोटा अडियो प्रकरण : लेखा समितिले छानबिन गर्ने, खरिद प्रक्रिया रोक्न निर्देशन



काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको प्रकरणले संसदको खरिद लेखा समितिले छानबिन गर्ने भएको छ । बिहीबार बसेको लेखा समिति बैठकमा खरिद प्रकरण रोकेर तत्काल छानबिन प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।


यो प्रकरणसँग सम्पूर्ण फाइल मगाएको छ । खरिद गर्न अघि मन्त्री बाँस्कोटा अध्ययन भ्रमणका लागि गएका थिए। सञ्चार सचिव दीपक सुवेदी, सुरक्षण मुद्रण केन्द्रका प्रमुख कार्यकारी अधिकृत विकल पौडेलसँग लेखा समितिले जानकारी लिएको थियो । तर उनीहरुले राम्रो जवाफ नदिएपछि समितिका सदस्यहरुले आक्रोश पोखेका थिए। उनीहरुलाई सम्पूर्ण बुझेर आउन निर्देशन दिइएको छ ।

सो मेसिन खरिदमा मन्त्री बाँस्कोटाले घुस मागेको अडियो रेकर्ड सार्वजनिक भएको थियो । स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’को अडियो सार्वजनिक भएको हो । सरकारले सुरुमा स्वीस कम्पनीलाई दिने भनिएपनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको बताइएको छ ।

उक्त अडियोमा बाँस्कोटाले सोधेका छन् ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो । मानौ २५ निस्कियो भने कति हुन्छरु’ मिश्रले जवाफ दिएका छन् ‘७० जति आउला की । आउट अफ ट्रयाक नजाँदा ७० जति आउला की ।’ त्यति भनेपछि बाँस्कोटाले सोधे ‘तपाइलाई के गर्छनरु छुट्टै गर्छनरु मिश्रले भनेका छन् ‘टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ । यसमा ७० प्रतिशत तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो । यो एकदमै ट्रान्सपरेन्ट हुन्छ ।’

यो फोन वार्तापछि बाँस्कोटाले फेरि सोधे ‘ त्यो भनेको कति हुन्छरु मिश्रले भने ‘५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने । हामीले पनि त अलि अलि राख्नुपर्‍यो नि । आउट अफ ट्याक गइयो भने ।’

प्रतिक्रिया दिनुहोस्