Logo

सञ्‍चारमन्त्री बाँस्कोटाले दिए राजीनामा



काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा यस्तो जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको अडिओ बिहीबार सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्