Logo

अख्तियारद्वारा बास्कोटाको निजी सचिवालयमा छापा



काठमाडौं, ९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको निजी सचिवालयमा विहिबार छापा मारेको छ ।

सचिवालयमा छापा मारेर बाँस्कोटाका कागजपत्र सिलबन्दी गरिएको छ । विहिबार साँझ मन्त्रालय पुगेका सादा पोशाकका प्रहरीले निजी सचिवालयको कागजात जफत गरी मन्त्रीले प्रयोग गर्ने दराजमा रहेका कागजात सिलबन्दी गरेका हुन् ।

बुधबार बेलुका बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि बिहीबार बाँस्कोटाले मन्त्रीपदबाट राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्