Logo

नेपालको संविधानमा बालबालिकाको हकका सम्बन्धमा भएको व्यवस्थाको चर्चा गर्दै नागरिकका कर्तव्यहरुको सूची लेख्नुहोस् ।



नेपालको संविधानमा बालबालिकाको हकका सम्बन्धमा भएको व्यवस्थाको चर्चा गर्दै नागरिकका कर्तव्यहरुको सूची लेख्नुहोस् ।

नेपालको संविधानमा मौलिकहकको रुपमा धारा ३९ मा बाबालिकाको हकलाई व्यवस्था गरिएको छ, जसलाई निम्नानुसार चर्चा गर्न सकिन्छ:

  • प्रत्येक बालबालिकालाई आफ्नोसहित नामाकरण र जन्मदर्ताको हक हुने,
  • परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने,
  • प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुने,
  • बाल अनुकुल न्यायको हक हुने,
  • असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द पीडित, विस्थापन एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुने,
  • बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन नपाइने, बाल विवाह, गैरकानुनी, ओसारपसार र अपहरण गर्न तथा बन्धक राख्न नपाइने, सेना, प्रहरी तथा सशस्त्र समुहमा भर्ना गर्न, प्रयोग गर्न, सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम तथा प्रकारले दुव्यवहार, उपेक्षा शाारीरिक , मानसिक, यौनजन्य,तथा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाइने, बालबालिकालाई घर, विद्यालय तथा अन्य जुसनसुकै स्थान र अवस्थामा शारीरिक मानसिक वा अन्य कुनै किसिमको यातना दिन नपाइने, यस विपरितका कार्य कानुनबमोजिम दण्डनीय हुने र त्यस्तो कार्यबाट पीडिट बालबालिकालाई पीडकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने ।

नगरिकका कर्तव्यहरुको सूची :

नेपालाको संविधानको धारा ४८ मा नागरिकका कर्तव्यहरुको व्यवस्था छ, जसको सूची निम्नानुसार बनाउन सकिन्छ ;
क) राष्ट्रप्रति निष्ठावान हुने,
ख) नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने,
ग) संविधान र कानुनको पालना गर्ने,
घ) राज्यले चाहेका बखत अनिवार्य सेवा गर्ने,
ङ) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने,

प्रतिक्रिया दिनुहोस्