Logo

२ लाख घूससहित नगरपालिकाका प्राविधिक पक्राउ



सुर्खेत, ९ फागुन । सुर्खेतको भेरीगंगा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर के.सी. घुस रकमसहित पक्राउ परेका छन् ।

सुर्खेतमा झोलुङ्गे पुल निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग २ लाख घूस लिएको अभियोगमा उनी पक्राउ परेका हुन् ।

सुर्खेतमा झोलुङ्गे पुल निर्माणको रकम सहज रुपमा भुक्तानी गरिदिने भन्दै घूस माग्ने गरको भन्ने सूचनाको आधारमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो ।

अभियुक्त के.सी.लाई २ लाख घूस लिइसकेको अवस्थामा घूस रकमसहित बिहीबार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्