आज प्रतिवेदन बुझाउँदै : एमसीसी कार्यदल
काठमाडौं, ९ फागुन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको नेकपाको कार्यदलले आज प्रतिवेदन बुझाउँदै छ ।
बिहिबार बसेको बैठकले कार्यदलले सुझावसहित तयार पारेको प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाउने भएको हो । केन्द्रीय समिति बैठकले गठन गरेको अध्ययन समितिले प्रतिवेदन तयार भइसकेको हुँदा सम्भवतः आज नै बुझाउने तयारी रहेको कार्यदलले जानकारी दिएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसीका विषयमा विवाद बढ्दै गएपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो । केन्द्रीय समितिले दिएको १० दिनको समयभित्र प्रतिवेदन तयार हुन नसकेपछि अर्को पटक फेरी १० दिनको समय थपिएको थियो ।
