दक्षिण कोरियाका नेपालीहरु सतर्क रहनू : दूतावास
काठमाडौं, ११ फागुन । नेपाली दूतावास दक्षिण कोरियाले कोरियामा नेपालीमा समेत कोरोनाको संक्रमण फैलन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो । कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ । संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको बताइएको छ ।
दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

