Logo

उत्साहजनक शेयर बजार : एकै दिन ६९ अंकको वृद्धि, ३६० करोडको कारोबार



काठमाडौं, १२ फागुन । पछिल्ला केही दिन यता धितोपत्र बोर्डमा शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा उत्साहजनकरूपमा वृद्धि देखिएको छ ।

साताको शुरुआती दिन आइतबार शेयर बजारमा अहिलेसम्मकै उच्च अंकको वृद्धि भएको छ भने कारोबार रकम पनि अहिलेसम्मकै उच्च भएको छ । हिजो आइतबार नेप्से परिसूचक ६९ दशमलव ५६ अंकले बढ्दै १५०४ दशमलव १४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक १७ दशमलव शून्य ७ अंकको वृद्धि हुँदै ३१७ दशमलव ५० बिन्दुमा पुगेको छ ।

कुल १ सय ७८ कम्पनीको ८७ लाख ६९ हजार ५ सय २२ कित्ता शेयर ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपियाँमा खरिद–बिक्री भएका छन् । सबैभन्दा बढी जीवन बीमा कम्पनी १९२ अंकले बढेको छ । निर्जीवन बीमा कम्पनी १४० र बैंकिङ ८६ अंकले बढेको छ । विकास बैंक ८५ र लघुवित्त ५५ अंकले उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्