Logo

लोक सेवा : विशेष सामान्य ज्ञान



१. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चीनको छ दिने भ्रमण कहिले सम्पन्न भयो ?
– वि.सं. २०७५ असार ५ देखि १० गते सम्म

२. नेपालमा गृहमन्त्रालयले कति जातिलाई अल्पसंख्यक भनी तोकेको छ ?
– ९८ (वि.सं. २०७४ वैशाख ८ )

३. प्रकाशको किरण एक माध्यमबाट अर्को माध्यम मा प्रवेश गर्दा बाँगिने वा दिशा परिवर्तन हुने प्रक्रियालाई के भनिन्छ ?
– प्रकाशको आवर्तन

४. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङ्गका किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ?
– प्रकाश विच्छेदन

५. औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?
– शुक्ल पक्ष ( Bright Half)

६. भक्तपुरमा निर्माण गर्न थालिएको चिडियाखानाको शिलान्यास कहिले भएको हो ?
– वि.सं. २०७३ असार ९

७. नेपालमा वर्तमान संविधानअनुसार ‘सङ्घीय एकाइ’ भन्नाले के बुझिन्छ ?
– सङ्घ, प्रदेश र स्थानीय तह

८. नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको शुरुवात कहिलेबाट हुन थालेको हो ?
– वि.सं. २०७२ मंसिर १६

९. प्रमुख पर्यटकीय गन्तव्यहरु एवं पर्यटनसम्बन्धी विविध क्रियाकलाप समेटी नेपाल पर्यटन बोर्डद्धारा सञ्चालनमा ल्याइएको मोबाइल एप कुन हो ?
– वेलकम नेपाल (नयाँ वर्ष २०७४ को अवसर पारी सार्वजनिक गरिएको ।)

१०. विश्वकप खेल्ने हालसम्मकै पाका फुटबल खेलाडी को हुन् ?
– इजिप्टका गोलकिपर इसाम एल हदारी (रुसमा आयोजित विश्वकप फुटबलमा साउदी अरेबियन विरुद्धको खेलमा उनी (४५ बर्ष एकसय ६१ ीदन) मैदानमा उत्रिए । यसअघि सबैभन्दा बढी उमेरमा विश्वकप खेल्ने कीर्तिमान कोलम्बियाका गोलकिपर फ्रयड मोन्ड्रागनको नाममा थियो । उनी ४३ वर्षको हुँदा सन् २०१४ को विश्वकप खेलेका थिए ।)
११. महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण एवं वित्तीय अनुशासनको प्रभावकारीता अभिवृद्धि गर्ने उदेश्यका साथ कति वर्षे कार्ययोजना अघि सारेको छ ?
– ६ वर्षे (वि.सं. २०७४ – २०८०)

१२. नेपाल र भारतबीचका सन्धि सम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपीजी) को नवों बैठक कहिले सम्पन्न भयो ?
– वि.सं. २०७५ असार १५

१३. वि.सं. २०७५ असार १५ मा मनाइएको १५ औं राष्ट्रिय धान दिवसको नारा केहो ?
– धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि

१४.मित्रराष्ट्र बङ्गलादेशसँग दाहोरो करमुक्ति सम्झौता (डिटिएए) लागि मन्त्रिपरिषदबाट कहिले स्विकृति प्रदान गरिएको हो ?
– वि.सं. २०७५ असार १४ (सन् २०१८ जून २८)

१५. नेपालमा वायुसेवा निगमले इतिहासमै पहिलोपटक वाइड बडी जहाज कहिले भित्र्यायो ?
– वि.सं. २०७५ असार १४

१६. पिछडिएका जनताको जीवनस्तर उकास्न, उद्योग स्थितिमा सुधार ल्याउन, निर्यात बढाउनजस्ता विशेष अवस्था निश्चि अवधिका लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ ?
– ट्क्याक्स होलीडे

१७. ‘For a Living Planet’ कुन संस्थासँग सम्बन्धित छ ?
– विश्व वन्यजन्तु कोष (WWF)

१८. वि.सं.२०७५ मा प्रदान गरिने राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुने किसान को हुन् ?
– गोरखा पालुङटारका राजेन्द्र पन्त, गाईपालनमा उच्च सफलता हासिल गरेबापत (पुरस्कार राशिःरु २ लाख)

१९. स्मार्ट प्रविधिको प्रयोग बढाई ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उदेश्यका साथ ट्राफिक मोबाइल एपको शुभारम्भ कहिले गरियो ?
– वि.सं.२०७३ वैशाख २०

२०. सबैभन्दा बढी औषत आयु भएको सार्क राष्ट्र कुन हो ?
– माल्दिभ्स (७७ वर्ष) (सबैभन्दा कम भएको अफगानस्तान ६० वर्ष )

प्रतिक्रिया दिनुहोस्