गुगलले लगायो हुवावेका एप्समाथि प्रतिबन्ध, प्रयोगकर्ता मर्कामा
काठमाडौं, १४ फागुन । अमेरिकी प्रबिधी कम्पनी गुगलले चिनियाँ कम्पनी हुवावेलाई आफ्ना सेवाहरु प्रयोग गर्न रोक लगाएको छ । रोक लगाएसँगै हुवावे मोबाइलका प्रयोगकर्ताहरु मारमा पर्ने भएका छन् ।
गगुलले गत शनिबार एक सूचना मार्फत् हुवावेलाई आफ्ना उत्पादन प्रमाणीत तथा आधिकारिक नभएम्म प्ले स्टोर तथा एप स्टोरमा उसका एप्स तथा सफ्टवेयरको अपडेट प्रयोग गर्न रोक लगाईएको जनएको छ ।
कम्पनीले अमेरिकी सरकारले अनुमति दिएसँगै हुवावेका स्मार्टफोनहरुमा अपडेट दिने बताउँदै अहिलेलाई भने उसलाई स्मार्टफोनहरुमा आफ्ना मोबाइल सर्भिस तथा एपहरु इन्स्टल नगर्न सुझाव दिएको छ ।
