आज मध्य र पूर्वका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना
काठमाडौं, १४ फागुन । बुधबार पनि मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार पश्चिमको मौसम खुले पनि मध्य र पूर्वका केही ठाउँमा भने चट्याङसहित पानी पर्ने सम्भावना छ ।
अहिले बदली भएको काठमाण्डौको मौसम दिउँसो घाम लागे पनि बेलुकीतिर फेरि बदली भइ पानी पर्ने अनुमान छ । बुधबार पानी पार्ने प्रणाली कमजोर हुँदै गए पनि बिहीबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभरिकै मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद् भनाइ छ ।
