Logo

ओली-दाहाल भेटवार्ता : यि विषयमा भए छलफल



काठमाडौं, १४ फागुन । काठमाडौं स् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा पार्टीभित्र छेडिएका विवादित बिषयलाई टुंगोमा पुर्‍याउन छलफल भएको बताइएको छ ।

गत शनिवार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएर प्रधानमन्त्री बन्ने बाटो खुला गर्न संविधान संशोधन कार्यदल गठनको प्रस्ताव अघि सारेको समाचार बाहिर आएपछि त्यसको आलोचना र त्यसलाई लिएर नेकपामा विवाद चुलिएको छ ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार संविधान संशोधन, गौतमलाई राष्टियसभामा लाने, एमसिसीको विषयमा नेकपा कार्यदलले बुझाएको प्रतिवेदन, निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, पार्टी एकताको बाँकी कामलगायतको विषयमा पनि अध्यक्षद्वयबीच छलफल भएको हो ।

यस्तै, अमेरिकी परियोजना एमसिसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनमाथि पनि छलफल भएको छ । कार्यदलले बिनासंशोधन संसदबाट पारित गर्न नहुने सुझाव दिएको थियो। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको छलफलपछि नेकपाको सचिवाल बैठक बसिरहेको प्रधानमन्त्रीको प्रेस सल्लाकार सूर्य थापाले थाहाखबरलाई जानकारी दिए । बैठकमा बाँस्कोटाको अडियो प्रकरण, एमसिसीका सम्बन्धमा सुझाव कार्यदलले बुझाएको प्रतिवेदन र नेकपाको भावी कदमको बविषयमा छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्