Logo

अन्तर्राष्ट्रिय आतंकवाद भनेको के हो ? आतंकवाद नियन्त्रणका उपाय लेख्नुहोस्



अन्तर्राष्ट्रिय आतंकवाद

आतंकवाद भन्नाले सामान्यतया नियोजित तवरमा निहत्था नागरिकहरुलाई मार्ने र बन्धक बनाउने र यसरी आम नागरिकमा भय फैलाउने र राजनैतिक नेतृत्वहरुलाई हिंसाको माध्यमद्वारा करकापमा पार्ने कृत्य लाई बुझिन्छ । विश्वमा आतंकवादको इतिहास धेरै पुरानो छ । समय, सन्दर्भ, व्यक्ति तथा समुदाय बीच फरक फरक अर्थ राख्ने यस जटिल शव्दलाई परिभाषित गर्नु ज्यादै कठिन छ ।

विगतबाट वर्तमान वैज्ञानिक प्रविधिको युग सम्म आई पुग्दा आतंकवादी क्रियाकलापसंग सम्बन्धित विभिन्न व्यक्ति, समुदाय, पृष्ठभूमी र सन्दर्भलाई अध्ययन गर्दा आतंकको शैली र कारणहरु परिवर्तन भएका छन र यस्को नियन्त्रणमा ठुलो समस्या र चुनौति थपिएको छ । आतंककारी क्रियाकलाप यहि समुदाय, व्यक्ति, धर्म वा अन्य कनुै ठोस कारणबाट भएका हुन भनि निक्र्योल गर्न सक्ने अवस्था छैन । आतंकवादको न त कनुै धर्म हुन्छ न कुनै राष्ट्रियता, भुगोल र मानवियता । यो त समस्त मानव जातिमा त्रास फैलाउने गतिविधि हो जुन गैरकानुनी, मानव विरोधी र विध्वंसात्मक हुने गरेको पाइएको छ ।

सामान्यतया आतंकवादलाई निम्न प्रकारमा बुझ्न सकिन्छ ।

1. Domestic terrorism
2. International terrorism
3. Leftwing terrorism
4. Rightwing terrorism
5. Religious terrorism
6. Ethnic terrorism
7. Race based terrorism
8. Cyber terrorism

वर्तमान विश्व आतकंबादको चर्को चपेटामा परेको छ । विश्वको कुनै पनि भुभाग छैन होला जुन आतंकबादी हमलाबाट पुर्ण रुपमा मुक्त भएको होस । आतंककारी हमलाहरुलाई मानवता विरोधी र मानवताका सबैभन्दा ठुला अपराधी हुन भनेमा अनुचित हुंदैन । समाजमा शान्ति र अमनचयन नचाहने तथा अस्थिरता र अराजकताका बीच आफ्नो स्वार्थसिद्ध गर्न चाहने प्रवृत्ति बोकेको समुहले मात्रै यस्तो नरसंहारकारी घटना गराउन सक्छ । गलत अभिष्टबाट प्रेरित यस्ता निन्दनीय हमलाहरु सभ्य मानव समाज प्रतिकुल छन् ।

दक्षिण एसियाली मुलुकहरुको साझा मञ्च सार्कमा आतंकवाद नियन्त्रण गर्ने सवाल उठने गरेको छ । इस्लामावाद मा सन् २००४ मा भएको सार्कको १२ औं सम्मलेनको घोषणा पत्रमा आतंकवाद नियन्त्रणका लागि गरिएका प्रयास:
(१) आतंकवादी गतिविधिको सामुहिक भत्सर्ना र प्रतिवाद गर्न साझा प्रतिवद्धता
(२) नियन्त्रणका लागि अन्तराष्ट्रिय तहमा मान्य व्यवस्था र कानुनी प्रावधानलाई समायोजन गर्दै जाने ।
(३) आतंकवाद नियन्त्रण सम्बन्धी अभि सन्दीमा सार्क राष्ट्रको प्रतिवद्धता यथावत । क्षेत्रीय सुरक्षा, स्थायित्व र विकासमा आतंकवादी गतिविधिले पारेको नकारात्मक प्रभाव साझा चासो ।

The world has experienced increasing menace (threat, hazard, danger) of terrorism Causes of Terrorism

– Historical Injustice
– Colonial factor
– Reaction against
– Advancement of technology
– Conflicts between blocks of states or groups of states
– Clash of civilization and culture
– Political conflict
– Poverty

आतंकवाद नियन्त्रणका लागि निम्न कार्यहरु गर्न सकिछ;

(१) कुनै पनि धर्मले हत्या, हिंसा, विध्वंसलाई प्रोत्साहित रहेको छैन त्यसैले आफ्नो आफ्नो धर्म प्रति पूर्ण आस्था राख्न धर्म गुरुहरुबाट धर्मालम्बीहरुलाई प्रवचन दिने ।
(२) संचार माध्यमहरुमा ठुलो स्थान नदिने । संचार माध्यमहरुले आतंककारीहरुको नाम, ठेगाना, इतिहासको चर्चा गर्ने, विभिन्न घटनाहरुको प्रत्यक्ष प्रसारण गर्ने कार्यले आतंकवादीहरुलाई प्रोत्साहित गर्दछ त्यसैले यस्ता क्रियाकलापहरुलाई कम महत्व दिएर आतंककारीहरुलाई हत्तोसाहित गर्नु पर्दछ ।
(३) कानुनी प्रक्रिया छिटो, कडा, र पभ्रावकारी बनाउनु पर्दछ ।
(४) Intelligence Agencies को भूमिका सुधार पर्ने ।
(५) मुख्य गरी मुस्लिमहरु आतंकवादी क्रियाकलापमा संलग्न भएको घटनाहरुले देखाएकोले मुस्लिम समुदायका अग्रज तथा नेताहरुबाट नियन्त्रण तथा समाधानमा विशेष पहल हुनु पर्ने ।
(६) हरेक देश तथा नागरिकहरुले राष्ट्रिय, अन्तराष्ट्रिय कानुनको पालन गर्ने ।
(७) एक देशले अर्को देशको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमिकता माथि प्रहार र हस्तक्षेप गर्नु नहुने ।

प्रतिक्रिया दिनुहोस्