गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय
काठमाडौं, १४ फागुन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य नियुक्त गर्ने व्यवस्था छ ।
गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया-१ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए। उनले अन्तर्घातका कारण पराजय भोगेको बताउँदै आएका थिए ।
यसअघि रिक्त अन्य पदको चुनावमा पनि गौतमलाई उम्मेदवार बनाउने प्रयास भएको थियो । तर, गौतमले अनिच्छा देखाएका कारण उनी उम्मेदवार बनेका थिएनन् । उनले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने माग गर्दै आएका थिए ।
राष्ट्रपतिबाट राष्ट्रिय सभामा नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल आगामी २० गते सकिँदैछ । नयाँ निर्वाचित र राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्यले फागुन २१ गते सपथ लिँदैछन् ।
केद्रविन्दु
