Logo

नेपालको औद्योगिक नीतिका मूख्य विशेषता बारे वर्णन गर्दै औद्योगिक प्रवद्र्धनका लागि प्रभावकारी बनाउने उपाय लेख्नुहोस्



प्रश्न : नेपालको औद्योगिक नीतिका मूख्य विशेषताहरू बारे वर्णन गर्दै यसलाई देशको औद्योगिक प्रवद्र्धनका लागि प्रभावकारी बनाउन कस्ता उपायहरू अवलम्बन गर्नुपर्ला ? सुझाव दिनुहोस् ।

उत्तर : देशको औद्योगिक क्षेत्रलाई दिशानिर्देश गर्न तथा सरकारको औद्योगिक क्षेत्रप्रतिको दृष्टिकोणलाई स्पष्ट पार्नका लागि औद्योगिक नीति २०६७ प्रचलनमा ल्याइएको छ । यसको अलावा औद्योगिक क्षेत्र सम्बन्धी कानूनहरू, कर कानूनहरू, बार्षिक बजेट, योजना समेतबाट नेपाल सरकारको औद्योगिक क्षेत्रप्रतिको दृष्ट्रिकोण झल्किन्छ ।

यसै सन्दर्भमा नेपालको औद्योगिक नीतिका मूख्य मूख्य विशेषतालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ;
– निजी क्षेत्र, सरकारी क्षेत्र र सहकारी क्षेत्रको भूमिकाको अपेक्षा गरिएको छ ।
– बौद्धिक सम्पत्ति संरक्षणमा जोड दिइएको छ ।
– दिगो औद्योगिक विकासमा जोड दिइएको छ ।
– निजी तथा बैदेशिक लगानी खुला गरिएको छ ।
– समाबेशी औद्योगिक विकासको अपेक्षा गरिएको छ ।
– निर्यात प्रबद्र्धनमा जोड दिइएको छ ।
– गरिवी निवारणका लागि औद्योगिक विकासमा जोड दिइएको छ ।
– सेवा उद्योगको प्रबद्र्धनमा जोड दिइएको ।
– तोकिएका उद्योग र तोकिएको क्षेत्रमा स्थापना भएका उद्योगलाई कर सहुलियतको ब्यवस्था गरिएको छ ।
– लगानी बोर्ड, एकल बिन्दु सेवा, विशेष आर्थिक क्षेत्रको स्थापना आदिको व्यवस्था गरिएको छ ।

समग्रमा नेपालको औद्योगिक नीतिले विश्वब्यापिकरण, उदारिकरण, खुला बजारका मान्यतालाई आत्मसात गर्दै, निर्यात प्रबद्र्धनमा जोड दिंदै र औद्योगिक विकासलाई देशको प्रमुख आर्थिक आधारको रूपमा लिएको पाइन्छ ।

देशको औद्योगिक प्रबद्र्धनका लागि अपनाउनु पर्ने उपायहरू;
नेपालको वर्तमान औद्योगिक नीतिका माथिका विशेषताहरू केलाउँदा नीतिगत रूपमा यो बलियो र आर्थिक विकास मैत्रि नै रहेको पाइन्छ । केही सामान्य नीतिगत सुधार गर्नु बाहेक अन्य कुराहरू कार्यान्वयन पक्षमा नै जोड दिनुको विकल्प छैन ।

निम्न सुधारहरू सहितको औद्योगिक विकास कार्यक्रम ल्याउन सकेमा देशको औद्योगिक प्रबद्र्धनका लागि प्रभावकारी कदम चाल्न सकिने विश्वास लिन सकिन्छ;

१) कार्य वातावरण निर्माण गर्ने : औद्योगिक क्षेत्रलाई बन्द हड्ताल निषेधित क्षेत्रको रूपमा बिकास गर्ने ,

२) लगानी आकर्षण : कर तथा गैर कर जन्य सहुलियत तथा छुट दिने । द्विपक्षीय लगानी प्रबद्र्धन तथा सुरक्षण सम्झौता (BIPPA)  लगानी संभावना भएका अन्य देशहरूसंग समेत गर्दै जाने ।

३) पूर्वाधार विकास : विद्युत तथा उर्जाको प्रत्याभुती दिने, सडक खानेपानी लगायतका पूर्वाधारमा औद्योगिक क्षेत्रलाई प्रथमिकतामा राख्ने,

४) प्रशासनिक सरलता : इजाजत, दर्ता, नविकरण लगायतका काम कारवाही गर्दा बेहोर्नु परिरहेको झन्झटको अन्त गरी प्रशासनिक सरलताको विकास गर्नु आवश्यक छ । औद्योगिक नीति मार्फत जारी गरेको One Stop Center  को मान्यतालाई ब्यवहारमा उतार्न सक्नु पर्छ ।

५) औद्योगिक सुरक्षा र स्वास्थ्य : औद्योगिक सुरक्षा र स्वास्थ्यको नीतिगत ब्यवस्था गरिएपनि त्यसको प्रभावकारी कार्यान्वयन गर्न बाकी छ । औद्योगिक क्षेत्रमा स्वास्थ्य सुबिधा पु¥याउन सरकारले बजेट वक्तब्य मार्फत गरेको घोषणालाई कार्यान्वयनमा उतार्न जरुरी छ ।

६) बजार ब्यवस्थापन : उत्पादित बस्तुले बजार पाउनका लागि कुटनैतिक पहल मार्फत संभावनाका क्षेत्र खोज्न जरुरी छ । अल्पकसित राष्ट्रको नाताले पाउने सुविधाहरू WTO मान्यतानुरूप जस्तो Quata Free,Duty Free) लिन प्रयास गर्नु पर्छ ।

अन्तमा : नेपालमा औद्योगिक विकासको लागि बर्तमान औद्योगिक नीति अपर्याप्त छैन । तर खाँचो केबल तत्परता, प्रतिबद्धता र स्थायित्वको छ । नीतिगत ब्यवस्था जति बलियो छ त्यति नै त्यसको कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउन सकिएमा बल्ल नीतिगत सुन्दरता महशुस गर्न सकिन्छ । कार्यान्वयन प्रभावकारी बनाउनमा माथि दिइएका सुझावहरूको अत्यान्तै महत्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्