सेयर बजारको छलाङ : अहिलेसम्मकै उच्च कारोबार !
काठमाडौं, १५ फागुन । बिहीबार सेयर बजारले नयाँ उचाइ लिएको छ। साताको अन्तिम दिन बजारमा ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । जुन अहिलेसम्मकै उच्च अंक हो । बुधबार ४ अर्ब १५ करोडको सेयर कारोबार भएको थियो ।
बजारमा दिनभर निकै उतारचढाप देखिए पनि अन्तत स् बजारले छलाङ मारेको छ। नेप्से सूचक ३६.०५ अंकले बढेर १६३२.१७ विन्दुमा आइपुगेको छ । १८० कम्पनीको ४ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
