Logo

ओरालो लाग्यो सुन-चाँदीको भाउ



काठमाडौं, १६ फागुन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य ओराले झरेको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा ५ सय घट्दै आरालो लागेको हो ।

शुक्रबार ७९ हजार २ रुपैयाँमा कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने ७८ हजार ९ सय कायम गरिएको छ ।

बिहीबार सुन तोलामा २ सयले वृद्धि भएर ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य घटेको छ । आज चाँदी तोलाको ८८० रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्