Logo

समावेशीकरण के हो ? यसको परिचय दिदै सिदान्तहरु साथै समस्या र चुनौतीहरु उल्लेख गर्नुहोस ।



  

“लोकतन्त्र एउटा साझा चौतारी हो, जहाँ मान्छेहरु भेला भएर एउटा उन्नत समाजको सिर्जनामा योगदान गर्न चाहन्छन् तर त्यस्तो योगदान गर्न सबैको समान हैसीयत हुन आवश्यक छ ।”

समावेशीकरण साझा शाशनको अवधारणा हो, विविधता व्यवस्थापन गर्ने महत्वपुर्ण उपाय हो । प्रक्रियामा असमान व्यवहार गरेर भएपनि नतिजामा समानता कायम राख्नुपर्दछ भन्ने दृष्टीकोण हो । लोकतन्त्रका लाभहरु कमजोर र पछाडी परेका वर्ग समुदायसम्म पुर्याउनु पर्ने राज्यको अभिभावकीय दायीत्व पुरा गर्ने आधार हो ।

Brain streaming the people यसको सार हो । यो लोकतन्त्रको modern approach हो । विविधतायुत्त मुलुकमा शासन व्यवस्थामा नागरिकको अर्थपुर्ण सहभागिता सुनिश्चीत गर्ने एउटा महत्वपुर्ण आधारको रुपमा समावेशीकरणको अवधारणा संस्थागत हुदै आएको छ ।

Inclusion For: Participation, Attendance, Representative, Access, Identity, Existence, Ownership

Principle of inclusion

  1. principle of equal concern and respect
  2. principle of equality and non-discrimination
  3. principle of participation in public life
  4. principle of collective identity
  5. principle of special protection
  6. principle of proportional representation 

 समस्या र चुनौतीहरु

१) लक्षित वर्गको पहिचान गरी विशीष्टीकृत रुपमा मापदण्ड निर्धारण गर्न नसक्दा गैरलक्षित वर्गले लाभ लिएको , Elite capture भएको,

२) अवसर सगैँ शिक्षाको समानुपातिक रुपमा विकास हुन नसक्दा समावेशिकरणको अपेक्षाा पुरा हुन सकेन,

३) समावेशिकरणको आदर्श भन्दा, समावेशिकरणलाई माध्याम बनाउने प्रवृतिले अपेक्षित नतिजा दिन सकेन,

४) कर्मचारी प्रशासनमा समावेशीकरणको अभ्यासबाट योग्यता प्रणालीमा नकारात्मक प्रभाब पारेको, समयमा पदपूर्ति हुन नसकेको र प्राप्त भएका जनशतmीमा विभेदको अवस्था रहेको टिप्पणी सुनियो,

५) लक्षित वर्गका जनशक्तिले वर्गीय नाममा लाभ लिने र लाभलाई वैयतmीकरण गर्ने गरेको आरोप पनि लाग्ने गरेको,

६) दोहोरो अवसरलाई नियन्त्रण गर्न नसक्दा संख्यात्मक सहभागीता प्रभावित रह्यो,

७) आफ्नै वर्ग समुदायको बाहुल्यता रहेको क्षेत्रमा सार्वजनिक सेवा प्रवाह गर्न जानु पर्ने अनिवार्य व्यवस्था हुन सकेन फलत वर्गीय उत्थानको बिषय व्यक्ति उत्थानमा केन्द्रीत भयो,

८) निराचिन दोक ले भने झै एउटा वर्गमा जति मेहनत गरेपनि अवसर पाइदैन भन्ने र अर्को वर्गमा अवसर त्यतीकै पाइन्छ भन्ने विरोधाभासपुर्ण दृष्टीकोण गराउन सहयोग पुर्यायो ,

९) विविधतायुक्त मुलुकमा शासन व्यवस्थालाई समावेशी बनाउन अभ्यास गरिएको समावेशीकरणको अवधारणाका सकारात्मक पक्षको विस्तार र कमजोर पक्षको सम्बोधन हुन आवश्यक छ ।

वञ्चितीकरण र वहिस्करणमा परेका वर्ग क्षेत्र र समुदायका नागरिकहरुलाई राज्यको मुल धारमा ल्याउने प्रयासलाई समावेशीकरण भनिन्छ

। क्षतिपूर्तिको सिद्घान्त, संरक्षणको सिद्धान्त, समानुपातिक समानताको सिद्धान्त, सामाजिक न्यायको सिद्धान्त आदी समावेशिकरणको

सिद्धान्त रहेका छन् । उल्लेखीत समस्या र चुनौतीको समाधान र अवसर खोजी समृद्ध तथा समुन्नत राष्ट्र आजको आवश्यकाता हो । 

प्रतिक्रिया दिनुहोस्