पहिलो खेलमा रियलको लज्जास्पद पराजय
स्पेनिस रियल म्याड्रिड पराजित भएको छ । इडेन हजार्डलाई क्बलमा भित्र्याएपछि निक्कै आशावादी रहेको रियल गएराती भएको इन्टरन्यासनल च्याम्पियन्स कपमा बायर्न म्युनिखसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

खेलको १५ औं मिनेटमा नै टोलिसोको गोलमा बायर्नले अग्रता लिएको थियो । ६७ औं मिनेटमा लेबान्डोस्कीले गोल गर्दा रियलमाथि बायर्नले २–० को अग्रता गरायो । दुई मिनेटलगत्तै गोनाब्रीले गोल गर्दा बायर्न ३–० ले अघि रह्यो । ८४ औं मिनेटमा रियलका लागि रोड्रिगोले गोल गरे पनि अन्ततः रियल ३–१ गोल अन्तरले पराजित हुन पुग्यो ।
