Logo

यी हुन् हटाउन लागिएका मन्त्रीहरु



कमजोर कार्यसम्पादन र आर्थिक अनियमिततामा उजुरी परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीलाई हटाउँने तयारी गरेका छन् । मुख्यगरी पछिल्लो समय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, सहरी विकास मन्त्री इस्तियाक राई, संघीय मामिला मन्त्री लालबाबु पण्डित र कृषि मन्त्री चक्रपाणि खनाल पहिलो चरणान हटाइने मन्त्रीको सूचीमा रहेको स्रोतको दाबी छ । हटाइन लागेका मन्त्रीमा पूर्व एमाले र माओवादी दुवै दलबाट छन् ।


यी मन्त्रीहरुको मन्त्रालयको कार्यसम्पादन कमजोर भएको, आर्थिक अनियमितताको क्रियाकलापमा लागेको, पैसा उठाउनका लागि सचिवालयलाई खटाएकोसहितका आरोप यी मन्त्रीमाथि लागेको छ । मन्त्रालय अन्तर्गतका कार्यालयहरुमा निजी सचिवालयलाई प्रयोग गरी पैसा उठाउन खोजिएको आरोप छ । यस्ता उजुरीहरु पछिल्लो समय प्रधानमन्त्री कार्यालय परेका छन् । यस अघिदेखि नै यी मन्त्रीहरुको कार्यसम्पादनमा प्रधानमन्त्री नै सन्तुष्ट थिएनन् ।

को बन्लान नयाँ मन्त्री

पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय पनि अहिले खाली छ । कमजोर कार्यसम्पादनका आधारमा मन्त्री हटाइएपछि प्रधानमन्त्री ओली र प्रचण्डले आपसी परामर्श गरी मन्त्री बनाउने तयारी गरेका छन् । मन्त्रीहरुको कार्यसम्पादन कमजोर बन्दा सरकारको समग्र कार्यसम्पादन नै सन्तोषजनक नभएपछि प्रधानमन्त्रीमाथि दबाब छ । यसैले प्रभावकारी काम गर्न सक्ने नेतालाई मन्त्री बनाउने तयारीमा प्रधानमन्त्री ओली छन् ।

प्रचण्डसँगको छलफलपछि विनाबारे निर्णय लिइने

कमजोर कार्यसम्पादनमा खानेपानी तथा सरसफाई मन्त्री विना मगरको पनि नाम जोडिएको छ । तर, उनलाई हटाउने वा नहटाउने भन्नेबारे प्रधानमन्त्री ओलीले सह अध्यक्ष प्रचण्डसँग छलफल गरेर मात्रै टुंगो लगाउने तयारी गरेका छन् । खानेपानी मन्त्री मगर प्रचण्डकी बुहारी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्