Logo

बार्षिक समिक्षा रिर्पोट : मन्त्रिपरिषदको कार्यालय नै सबैभन्दा कमजोर (रिपोर्ट सहित)



काठमाडौ, १४ साउन । एक बर्षको समिक्षा रिर्पोटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रगति नै सबैभन्दा कमजोर देखिएको छ ।

आर्थिक बर्षको अन्त्यमा प्रधानमन्त्रीको उपस्थितीमा मन्त्री र सचिवहरुले गरेको एकबर्षको समिक्षामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको रिर्पोट नै कमजोर देखिएको हो । उक्त रिर्पोट अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पुँजीगत शीर्षकमा ९ दशमलव १७ प्रतिशतमात्र खर्च गरेको हो । गत बर्ष उक्त कार्यालयसँग ६ करोड ८९ लाख पुँजीगत शीर्षकमा बजेट रहेकोमा ६३ लाख १६ हजारमात्र खर्च गरेको हो । चालुतर्फ भने ६६.९४ प्रतिशत खर्च गरेको देखिएको छ ।
पुँजीगत खर्चका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बार्षिक प्रगति सबै मन्त्रालयभन्दा कमजोर देखिएको हो ।
हेर्नुस् प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले समिक्षा बैठकमा पेश गरेको रिर्पोट प्रतिवेदन जस्ताको तस्तै

OPMCM

प्रतिक्रिया दिनुहोस्