समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर ‘कुसुन्डा भाषाको औपचारिक कक्षा कहाँ सुरु गरियो ?’

१. संयुक्त राष्ट्र संघको महासभाले सन् २०१६ देखि २०३० सम्म निर्धारण गरेको दिगो विकास लक्ष्यहरु अन्तर्गत कति वटा लक्ष्य, परिमाणात्मक लक्ष्य र विश्वव्यापी सूचक रहेका छन् ?
१७ लक्ष्य, १६९ परिमाणात्मक लक्ष्य र २३२ विश्वव्यापी सूचक
२. निर्माणाधीन तल्लो हेवाखोला जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
पाँचथर
३. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार आ.व. २०७५/७६ को चैत्र सम्ममा सञ्चालनमा रहेका वित्तीय क्षेत्रअनुसार विकास बैंकको संख्या कति रहेको छ ?
३२ वटा
४. आ.व. २०७५/७६ को फागुनसम्मा नेपालको सबै हुलाक वस्तुको ट्र्याकिङ गर्ने व्यवस्थाका लागि कति जिल्लामा पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टमको अनलाइन ट्र्याकिङ प्रणाली सुरु गरिएको छ ?
७२ जिल्लामा
५. कुन जनावरले रिसाएको बेला रातो पसिना निकल्दछ ?
गैंडा
६. चक्राकार नदी भनेर नेपालको कुन नदीलाई भनिन्छ ?
कालीगण्डकी
७. पर्वतारोही डन वार्गोस्कीका अनुसार ७,१६२ मीटर अग्लो वरुणत्से हिमालमा पुग्ने कुकुरको नाम के हो ?
मेरा (पोथी कुकुर)
८. नेपालमा पहिलो पटक कुसुन्डा भाषाको औपचारिक कक्षा कहाँ सुरु गरियो ?
दाङको लमहीमा
९. नेपालका शक्ति पीठहरुमध्य बली नचढाइने एकमात्र शक्तिपीठ कुन हो ?
छत्रेश्वरी देवी (सल्यान)
१०. अखिल नेपाल फुटबल संघ एन्फाद्धारा नयाँ लोगो र जर्सी कहिले सार्वजनिक भयो ?
बि.स. २०७५ फागुन २० (लोगो निर्माता सन्दिप तिवारी)
११. हर्ट हिरो – २०१९ घोषित हुने व्यक्ति को हुन् ?
प्रा.डा. प्रकाशराज रेग्मी (नेपाल हृदय रोग निवारण प्रतिष्ठानले रेग्मीलाई हर्ट हिरो घोषणा गरेको ।)
१२. संघीय संरचना अनुसार नेपालको प्रशासनिक नक्सा कहिले सार्वजनिक भयो ?
बि.स. २०७५ फागुन २३
१३. नेपाल र चीनमैत्री औद्योगिक पार्क कहाँ निर्माण हुदैछ ?
दमक (झापा)
१४. आ.व. २०७६/७७ को मौद्रिक नीति अनुसार आ.व.२०७६/७७ मा मूल्यवृद्धि कति कायम हुने उल्लेख छ ?
६ प्रतिशत
१५. एसियाली विकास बैंकको प्रधान कार्यालय कहाँ रहेको छ ?
मनिला (फिलिपिन्स)
