कञ्चनपुरमा विप्लव समूहबाट वडा कार्यालयमा आगजनी
कञ्चनपुर, २७ भदौ / विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले भीमदत्त नगरपालिका वडा नं १९ को कार्यालयमा गएराति आगजनी गरेका छन् ।

वडा कार्यालयको ताला फुटाएर उनीहरुले वडा कार्यालयमा आगो लगाएका हुन् । आगलागीबाट कार्यालयभित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्र लगायत जलेर नष्ट भएको छ । नगरप्रमुख सुरेन्द्र विष्टले भने कसले आगजनी गरेको हो भन्नेबारे अझै पुष्टि हुन नसकेको बताए ।
