Logo

सामाजिक सुरक्षा भत्ताको नयाँ सुची सार्वजनिक : कसले कति पाउने ? (सुची सहित)



काठमाडौ २७ भदौ । सरकारले बजेट भाषणबाट बृद्धि गरेको सामाजिक सुरक्षा भत्ताको विवरण सार्वजनिक गरेको थियो । बजेट भाषणमा सरकारले सामाजिक सुरक्षा भत्ता बृद्धिको घोषणामात्र गरेको थियो । लागु भएको थिएन । गृह मन्त्रालयले विभिन्न ७ प्रकारको सामाजिक सुरक्षा भत्ता शीर्षक र मासिक पाउने अंक सार्वजनिक गर्दै स्थानीय तहहरुलाई त्यही सुची अनुसार भत्ता दिन सर्कुलर गरेको छ ।
अर्थ मन्त्रालयको पत्र अनुसार भन्दै सार्वजनिक भएको सुची अनुसार
जेष्ठ नागरिक मासिक भत्ता २ हजार, एकल र विधवा महिला मासिक भत्ता २ हजार, पूर्ण अपांगता भएको मासिक भत्ता ३ हजार पाउने भएका छन् । यस्तै अति अशक्त अपांगता मासिक भत्ता एक हजार ६ सय, लोपोन्मुख आदिवासी जनजाति भत्ता मासिक ३ हजार, जेष्ठ नागरिक उपचार खर्च मासिक एक हजार दिने गरि सर्कुलर भएको छ ।

प्रतिक्रिया दिनुहोस्