समसामयिक विशेष सामान्य ज्ञान प्रश्नोत्तर
१. मौरिससमा अन्तिम पटक देखा परेको अस्तित्वमा नरहेको उड्न नसक्ने चरा कुन हो ?
– डोडो
२. अखिल नेपाल फुटबल संघ एन्फाद्धारा नयाँ लोगो र जर्सी कहिले सार्वजनिक भयो ?
– बि.स. २०७५ फागुन २०
(नोट – लोगो तयारकर्ता सन्दिप तिवारी हुने भने लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ ।)
३. सन् १९६१ मा कंगोको समस्या समाधान गर्न संयुक्त राष्ट्र संघीय शान्ति सैनिकको खर्च दिन रुसले अस्वीकार गर्दै महासचिवको भूमिकामा समेत आलोचना गर्दै संयुक्त राष्ट्र संघमा १ जना महासचिवको सट्टामा साम्यवादी मुलुकबाट १, पूँजीवादी मुलुकबाट १, असंग्लग्न मुलुकबाट १ गरी जम्मा ३ जना महासचिव राख्नुपर्छ भनी राखेको प्रस्तावलाई के नामाकरण गरिएको छ ?
– ट्रोइका प्रस्ताव
४. आफ्नो गाउँ आफै बनाऔं, नौ स का अभियन्ता, वृद्धभत्ताको व्यवस्था गर्ने तथा पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको निधन कहिले भयो ?
– २०७५ फागुन १८ गते शनिवार
५. जगदीश घिमिरे स्मृति पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
– रोचक घिमिरे
(नोट ५० हजार पुरस्कार राशी र सम्मानपत्र दिइएको ।)
६. प्रथम राष्ट्रिय बेटी सम्मेलन २०७५ कहिले र कहाँ सम्पन्न भयो ?
– २०७५ माघ २७–२९, उदयपुरको गाईघाटमा
(नोट – आयोजक मुलधार महिला सेवा केन्द्र मासबेस)
७. राष्ट्रिय मानव अधिकार आयोगको पहिलो अध्यक्ष को हुन्् ?
– नयन बहादुर खत्री (२०५३ पुस २४ स्थापना)
८. ब्लु्मवर्ग हेल्दिएस्ट कन्ट्री इन्डेक्सले सार्वजनिक गरेको सबैभन्दा स्वस्थ्य देशको सूची २०१९ अनुसार नेपाल कति औं स्थानमा रहेको छ ?
– ११० औं स्थानमा
९. एनपीस अवार्ड २०१९ कसलाई प्रदान गरियो ?
– पत्रकार लोग्शरी कुवँर
१०. मिस युनिभर्स २०१८ हुन सफल सुन्दरी को हुन् ?
– क्याट्रिओना ग्रेल (फिलिपिन्स)
११. प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिर कहाँ रहेको छ ?
– अर्घाखाँची
१२. प्रधानसेनापति चौथौं खुला म्याराथुन २०७५ को उपाधि कसले जित्यो ?
– कृष्ण बस्नेत (नेपाल आर्मी)
१३. आहा रारा गोल्डकप २०७५ को उपाधि कुन टिमले जित्यो ?
– थ्री स्टार क्लब (उपविजेता नेपाल आर्मी क्लब, सडेन डेथमा ५–४ ले हराउदै)
१४. संयुक्त राष्ट्रसंघले सन् २०१९ लाई कुन वर्षको रुपमा मनाउदैछ ?
– अन्तर्राष्ट्रिय आदिवासी भाषाहरुको वर्ष, इन्टरनेशनल इअर अफ मोडरेशन, इन्टरनेशनल इअर अफ पेरियोडिक टेबल अफ केमिकल इलेमेन्ट
१५. श्रीलंकाको राष्ट्रिय फूल कुन हो ?
– ब्लू वाटर लिली
१६. नेपालमा रहेको सार्कका कार्यालयहरु कुन कुन हुन् ?
– सार्क सचिवालय, सार्क आर्थिक संघको कार्यालय, सार्क सभामुख तथा संसद संघको कार्यालय, सार्क कोषको कार्यालय, सार्क निर्वाचन क्षेत्र कार्यालय, सार्क औलों रोग उन्मूलन केन्द्र, साकृ क्षयरोग तथा एचआईभी एड्स केन्द्र भक्तपुर
१७. चर्चित कृति ‘अंसगति’का लेखक को हुन् ?
– सौरभ
१८. नेपालमा हुलाक बचत बैंकको सुरुवात कहिलेबाट भयो ?
-बि.स. २०३३ सालदेखि
१९. मदन पुरस्कार २०७४ कसलाई प्रदान गरियो ?
– निलम कार्की निहारिका (योगमाया कृतिका लागि)
२०. १७ औं यूरोकप २०२४ कुन देशमा आयोजना हुदैछ ?
– जर्मनी
२१. विश्व मधुमेह दिवस कहिले मनाइन्छ ?
– नोभेम्बर १४ (हरेक वर्ष)
२२. कुञ्चिकाल फल्स कुन देशमा रहेको छ ?
– भारत
२३. पुरै महादेशमा फैलिएको देश वा देशको नाममा नामाकरण भएको महादेश कुन हो ?
– अष्ट्रेलिया
२४. नेपालमा मुसलमानको प्रवेश कुन मल्ल राजाको पालमा भएको होे ?
– रत्न मल्ल
२५. संसारको सवैभन्दा ठूलो भाषा परिवार कुन हो ?
– भारोपेली भाषा परिवार
२६. तेहौं दक्षिण एसियाली खेलकुद कुन देशमा आयोजना हुदैछ ?
– नेपाल (२०१९ डिसेम्बर १ देखि १० सम्म हुदै)
२७. अरनिको चीन गएको बेलामा कुन जनावरको मूर्तिको चित्र बनाई विजयी भएका थिए ?
– हात्ती
२८. नेपाल भारत प्रवुद्ध समूहको पहिलो बैठक कहिले र कहाँ भयो ?
– २०७३ असार २० देखि २१, नेपालको काठमाण्डौंमा
२९. आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षण अनुसार कूल ग्राहस्थ्र्य उत्पादनमा द्धितीय क्षेत्रको योगदान कति रहेका छ ?
– १४.२ प्रतिशत
३०. नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात कहिले ग¥यो ?
– २०७५ फागुन १ गते
