अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन हजार बढी उजुरी दर्ता

काठमाडौं ६, बुधबार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७६–०७७ को कार्तिक महिनाको ५ गते सम्ममा ३ हजार १ सय ७६ वटा भ्रष्टचारका उजुरीहरु दर्ता भएको छ । उजुरीहरु अख्तियारको काठमाडौं प्रधान कार्यालय र पोखरा, हेटौंडा, र ईटहरी शाखा कार्यलयहरुमा आएको उजुरी सहितको हो ।
अख्तियार दुरुपयोग अनुसन्धानको तथ्यांक अनुसार प्रधान कार्यलयमा मात्रै गएको श्रावन महिनामा १ हजार १ सय ३३ वटा भ्रष्टचारको उजुरी दर्ता भएको देखाएको छ । त्यस्तै भाद्र महिनामा १ हजार ९५, असोजमा ७ सय ८ उजुरी र कार्तिक महिनाको १ सय ७५ वटा उजुरी दर्ता भएको छ ।
आयोगले फेसबुक, इमेल, बाइबर, जस्ता सामाजिक सञ्जालका साथै फोन, एसएमएस, फ्याक्स, लिखित उजुरी, पत्रपत्रिका लगायतका विभिन्न माध्यमहरुबाट आएका उजुरीहरुलाई आधार बनाएको छ । तथ्यांक अनुसार सबै भन्दा बढी उजुरी अन्य माध्यमबाट (उल्लेख नगरीएको) आउने गरेको देखाएको छ । उल्लेख नगरीएको माध्यमबाट सबै भन्दा धेरै १ हजार १ सय ४२ वटा र त्यसपछि १ हजार २ सय ९ उजुरी सामाजिक सञ्जाल फेसबुक मार्फत दर्ता भएको छ भने अनलाइन तथा टेलिफोनबाट पनि धेरै उजुरीहरु दर्ता भएकोको तथ्यांकमा उल्लेख छ ।
