Logo

गृहमन्त्रालयका प्रवक्ता सुवेदी सचिवमा बढुवा



काठमाडौं, ८ कार्तिक– गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदी सचिवमा बढुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । सचिव पदमा बढुवाका लागि सुवेदी पहिलो नम्बरमा सिफारिसमा परेका थिए । सुवेदी, बालकृष्ण घिमिरे र दिनेश भट्टराईको नाम सिफारिस भएकोमा सुवेदी सचिव पदमा बढुवा भएका हुन् ।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षताको सिफारिस समितिले एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरीएकोमा मन्त्रीपरिषदले सुवेदीलाई बढुवा गर्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्