Logo

१ लाख २० हजार घुस सहित इञ्जिनियर पक्राउ



काठमाडौँ, १० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईजनालाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको छ । आयोगको बुटवल कार्यालयको टोलीले शनिबार सबइञ्जिनियर सन्दीप पौडेल र डोजर चालक विक्रम बस्नेतलाई १ लाख २० हजारसहित रङ्गेहात नियन्त्रण गरेको हो ।

सब इञ्जिनियर पौडेल शिक्षा विकास निर्देशनालय प्रदेश ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत थिए । पौडेलले विद्यालयको भवन निर्माण कार्यमा विभिन्न बहाना बनाई सेवाग्राहीसँग पटकपटक घुस मागेका थिए । डोजर चालक विक्रम बस्नेतलाई मतियार बनाई १ लाख २० हजार लिने क्रममा दुवैजना पक्राउ परेका हुन् । आयोगले दुवै अभियुक्तलाई आफ्नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्